+
Search

ताजा अपडेट +

पपुलर +

नीलकण्ठ मावि आइएसओ गुणस्तर प्राप्त गर्ने नेपालकै दोस्रो सामुदायिक विद्यालय

नीलकण्ठ मावि आइएसओ गुणस्तर प्राप्त गर्ने नेपालकै दोस्रो सामुदायिक विद्यालय
त्रिशूली प्रवाह
१ महिना अगाडी

धादिङबेँसी । धादिङ जिल्लाको पुरानो विद्यालयमध्येको सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर प्रमाणपत्र आइएसओ प्राप्त गरेको छ । विद्यालय आइएसओ २१००१ गुणस्तर प्राप्त गर्ने नेपालकै दोस्रो सामुदायिक विद्यालय बनेको छ ।

विद्यालयले गत हप्ता ५१औँ वार्षिकोत्सवको अवसरमा आइएसओ प्राप्त गर्न सफल भएको हो । यससँगै नीलकण्ठ बालमन्दिर मावि आइएसओ २१००१ गुणस्तर प्राप्त गर्ने नेपालकै दोस्रो सामुदायिक विद्यालय बनेको छ । गत भदौ महिनामा एभरेस्ट इन्टरनेसनल म्यानेजमेन्ट कन्सल्टेन्सी एन्ड ट्रेनिङ एजेन्सीसँगको सहकार्यमा विद्यालयले गुणस्तर सुधार र व्यवस्थापन प्रणाली सुदृढीकरणका लागि ग्याप एनालाइसिस तथा सुधार योजना कार्यान्वयन गरेको थियो । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार शिक्षा क्षेत्रमा लागू हुने व्यवस्थापन प्रणालीमा सुधार गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप काम गरिएकाले विद्यालयले आइएसओ २१००१ लोगो प्रयोग गर्ने अधिकारसहितको प्रमाणपत्र पाएको हो ।

आइएसओ प्रमाणपत्र प्राप्तिले विद्यालयप्रति अभिभावक तथा समाजको विश्वास अझ बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइरालाले बताउनुभयो । अब विद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका विद्यार्थी उत्पादनमा ध्यान केन्द्रित गर्ने अध्यक्ष कोइरालले बताउनुभयो । प्रधानाध्यापक अधिकारीले विद्यालयको ५१ वर्षको समीक्षा गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, समावेशी र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह