+
Search

ताजा अपडेट +

पपुलर +

एकैपटक १४ सिँचाइ योजना निर्माण

एकैपटक १४ सिँचाइ योजना निर्माण
त्रिशूली प्रवाह
१ महिना अगाडी

दाङसिंह । चालू आवमा नुवाकोट जिल्ला, तारकेश्वर गाउँपालिकाले एकैपटक १४ वटा सिँचाइ योजनाको निर्माण सुरु गरेर सम्पन्न गरेको छ । योजना सम्पन्न भएसँगै पालिकाको प्रमुख फाँटमा सिँचाइ सुविधा पुगेको अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बताउनुभयो ।

पालिकाको वडा नम्बर ४ र ५ मा १४ वटा सिँचाइ योजनाको निर्माण सम्पन्न भएको छ । बुधसिंहफाँट, कालीमाटीफाँट र हल्लेफाँटको कृषि उत्पादनका लागि आवश्यक १४ सिँचाइ योजनाको निर्माणसँगै जनप्रतिनिधि, प्राविधिक तथा सर्वसाधारणले हालै निरीक्षण गर्नुभएको छ । सम्पन्न योजनाबाट तारकेश्वरको कृषि उत्पादनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा अध्यक्ष अधिकारीले गर्नुभएको छ । उहाँले सिँचाइ योजना सञ्चालन भएसँगै अब तारकेश्वरमा अन्न तथा तरकारी उत्पादन बढ्ने बताउनुभयो । गत वर्षात्मा आएको भीषण बाढीपहिरोले खोलाकिनाराका फाँटमा सिँचाइ प्रणाली क्षतविक्षत हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको थियो । सिँचाइ प्रणालीको पुनर्निर्माण गरिएसँगै उक्त क्षेत्रका कृषक उत्साहित भएका छन् । किसानको मागबमोजिम पालिकाले जनप्रतिनिधि र प्राविधिकको टोली खटाएर योजनाको प्रारम्भिक प्राविधिक सर्वेक्षण गरेर सिँचाइ आवश्यक रहेको सिफारिसको आधारमा बजेट विनियोजन गरेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह