+
Search

ताजा अपडेट +

पपुलर +

मौरीपालन तालिम सम्पन्न

मौरीपालन तालिम सम्पन्न
त्रिशूली प्रवाह
१ महिना अगाडी

तुप्चे । विदुर नगरपालिकाको आर्थिक सहयोगमा सहिद स्मृति सामुदायिक सिकाइ केन्द्र विदुर-७, तुप्चेले आयोजना गरेको मौरीपालन तालिम शुक्रबार सुरु भई मंगलबार सम्पन्न भएको छ ।

नगरपालिकाको रु. एक लाख सहयोगमा केन्द्रले १५ जना कृषकलाई मौरीपालन तालिम दिएको संस्थाका अध्यक्ष इन्द्रायणी गैरेले जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र नेपालले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै व्यवसायी बन्न सल्लाह दिनुभयो । तालिममा मौरी बाजेको नामले परिचित ध्रुवप्रसाद सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह