+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक प्रहरीद्वारा ११ महिनामा रु. ४१ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा ११ महिनामा रु. ४१ लाख राजस्व सङ्कलन
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालू आवको ११ महिनाको अवधिमा झन्डै साढे रु.४१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/०८१ को साउनदेखि जेठ मसान्तसम्म विभिन्न सवारी कारबाहीबाट रु. ४१ लाख ३६ हजार पाँच सय राजस्व सङ्कलन गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीले दिनुभएको जानकारीअनुसार यो अवधिमा ३८ सय २३ सवारीसाधनलाई कारबाही गरिएको थियो । सोही कारबाहीअन्तर्गत सो रकम सङ्कलन भएको हो । यस अवधिमा ट्राफिक प्रहरीले १२ सय २८ ट्रक कारबाहीबाट रु. १२ लाख ५५ हजार, चार सय ३८ बसबाट रु. चार लाख ४३ हजार, कारजिप, भ्यान आठ सय ५५ बाट रु. नौ लाख ३७ हजार पाँच सय, ट्र्याक्टर ३२ बाट रु. २७ हजार, मोटरसाइकल, स्कुटर १२ सय ३५ बाट रु. १४ लाख ४७ हजार ३५ र अन्य (टेम्पो) ३५ कारबाहीबाट रु. २७ हजार राजस्व सङ्कलन गरेको प्रमुख शाहीले बताउनुभयो ।

Suzuki New Bike & Scooter

नुवाकोट ट्राफिक प्रहरीले चालू आवको पहिलो महिना साउनमा सबैभन्दा बढी रु. पाँच लाख २० हजार पाँच सय र माघ/जेठ महिनामा समान रु. तीन लाख १३ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्कमा देखिन्छ । दिन प्रतिदिन सवारीको चाप बढिरहेको नुवाकोटमा ट्राफिक प्रहरीको सक्रियताले ट्राफिक नियम उल्लङ्घनका घटना कमी आइरहेको छ । चालू आवमा मादक पदार्थ सेवन (मापसे) जाँचमा ४६ जना कारबाहीमा परेका छन् । मापसे जाँचबाट सो अवधिमा राजस्व रु. २४ हजार उठेको छ । ट्राफिकको सबैभन्दा बढी कारबाही सवारीचालक अनुमतिपत्र नभएकाबाट रु. १० लाख २० हजार पाँच सय जरिवाना सङ्कलन भएको छ । ट्राफिकले मापसे, छतमा मानिस राख्ने, ओभर लोड, सिटबेल्ट, हेल्मेट नभएको, कागजपत्र साथमा नभएको, सवारीचालक अनुमति नभएको, बत्तीको अवस्था ठिक नभएको, रुट परमिट, तीव्र गतिमा सवारी चलाएको, प्रयोजनविपरीत लगेज लोड गरेको, सिट क्षमताभन्दा बढी यात्रु राखेको र अन्य कारबाही शीर्षकमा जरिवाना गरी राजस्व उठाउने गरेको छ । यो अवधिमा एक सय ५१ वटा सवारीसाधन दुर्घटना भएकोमा १२ जनाको मृत्यु भएको जसमा ११ पुरुष र एक महिला रहेका छन् । सबैभन्दा बढी वैशाखमा १९ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा सो महिना १० वटा मोटरसाइकल, चारवटा कार, जिप, एक माइक्रो, एक बस, एक टिपर, एक ट्रक, एक ट्र्याक्टर रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह