+
Search

ताजा अपडेट +

पपुलर +

सवारीको ठक्करबाट भट्टको मृत्यु

सवारीको ठक्करबाट भट्टको मृत्यु
त्रिशूली प्रवाह
१ साल अगाडी

ढुङ्गे । नुवाकोट जिल्ला विदुर नगरपालिका–१ ढुङ्गेचोकस्थित गल्छी–त्रिशूली सडकखण्डमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका– ३, ठुलोगाउँ बस्ने ४२ वर्षको जीवन गुरुङले चलाई ढुङ्गेबाट रसुवातर्फ जाँदै गरेको ना.४ख४८४ नम्बरको बसले पैदलयात्री नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५, शान्तिबजार बस्ने ५४ वर्षकी अम्बिका भट्टलाई आइतबार ठक्कर दिई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको, थप उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौँमा पठाइएकोमा उपचारको क्रममा सोही दिन दिउँसो अ.१४ः२० बजेको समयमा मृत्यु भएको, सवारीसाधन बससहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्र.ना.उ. विक्रम लामाले बताउनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

 

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह