धुन्चे । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रसुवामा तैनाथ श्रीनाथ गणको अगुवाइमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म हेडक्वार्टर धुन्चे र जिल्ला प्रहरी कार्यालय रसुवाले मनसुन भित्रने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर विपत् प्रतिकार्य पूर्वतयारी अभ्यास ५ जेठ ३० गते सम्पन्न भएको छ ।
नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म हेडक्वार्टरले उत्तरगया गाउँपालिकासँग समन्वय गरी उक्त गाउँपालिका वडा नम्बर-४ पौरेबेँसीमा पहिरोग्रस्त क्षेत्रमा पहिरोले घर पुरिएर धेरै मानिस हताहत भइरहेको अवस्था र त्रिशूली नदीमा पौडी खेल्न गएका एक पुरुष खोलाले बगाएर लग्दै गर्दा ढुङ्गामा अड्किएर बस्दा कसरी उद्धार गर्ने भनेर अभ्यास गरी देखाइएको थियो जुन पहिरोले घना बस्ती भएको ठाउँ बगाउँछ । त्यहाँ रुख बिरुवा पनि हुँदैन, भिरालो जमिन अत्यधिक वर्षाका कारण घर बगाए, गाईवस्तु मरे, पूरै गाउँ शोकमा डुबे, कति पहिरोले पुरिए, कति घाइते भए, कति अङ्गभङ्ग भए, उक्त गाउँमा एकप्रकारको सन्नाटा नै छायो । कोही मानिस खोलामा परेर ढुङ्गामा अड्केर बसिरहेको मानिसलाई उद्धार गर्नुपर्ने थियो । यस्तो विपत्मा कसरी उद्धार गर्ने भनेर नमुना देखाइएको थियो ।
नेपाली सेना, श्रीनाथ गणका गणपति प्रद्युुम्नप्रसाद गौतमले हाम्रो यो गणले विभिन्न किसिमका प्रकोप, भूकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागीजस्तो मानवीय तथा प्राकृतिक प्रकोपमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया