+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ महिना अगाडी

देसाँ उद्योगबेपार नफस्टाए नि’ गाँडतन्त्रको राप र तापमा बेपारीको भलो चिताउने एक दर्जनभन्दा बढी सङ्घसंस्था भने फस्टाइरहेको चाल नपाउने कोही पनि भएन गाँठे । अझ दलैपिच्छे उद्योगबेपार विस्तार गर्न भन्दै खुलेका सङ्घसंस्था त कति हुन् कति ? काम गरेर देश चलाउन राजस्व थुपार्दै सम्पत्ति आर्जनभन्दा राजनीतिक व्यवसाय चलाउनेको आर्जन चुरीफुरीले देशमा कान्डैकान्डको त नकुरा गरौँ । आयातमा रमाउने सरकार रहुन्जेल निर्यात त कुन चराको नाम हो भनी सोध्दै हिँड्नुपर्ने स्थिति छ । नामअनुसार व्यवसायीको अधिकार रक्षार्थ खडा भएको घरेलु तथा साना उद्योग महासङ्घ भन्ने संस्थालाई अहिले अस्तित्व जोगाउन मुस्किल परिरहेको कमैलाई मात्र था’ होला । सरकारले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहन गर्ने काज्र्यालय ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’ नै खारेज गरिदिएसि’ महासङ्घ सङ्कटमा पर्ने नै भो ! सङ्घअन्तर्गतको सो काज्र्यालयलाई अहिले ‘उद्योग तथा वाणिज्य कार्यालय’ बनाएपछि महासङ्घको सङ्कट हाम्रै जाल्पा र भैरवीले बाहेक अरू कसले पो पार लगाउन सक्लान् र खै ?

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह