धुन्चे । २२औँ विश्व रक्तदान दिवसको अवसरमा उत्तरगया गाउँपालिका, नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले पहिलो रक्तदाता उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेल, कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकाल, मिडिया पार्टनर रेडियो लाङटाङकी गीता न्यौपाने, उत्तरगया गाउँपालिका-५ का अध्यक्ष यमनाथ आचार्य, उपाध्यक्ष चमेली गुरुङलगायत सहभागी रहेका थिए । सो अवसरमा जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम गरेको छ । जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यले मानव जीवनमा महत्त्वपूर्ण काम रक्तदान भएकाले रक्तदान गर्ने ८२ जना रक्तदातालाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीयको सहभागिता रहेको थियो ।
प्रतिक्रिया