+
Search

ताजा अपडेट +

पपुलर +

फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । पुनरावेदन अदालत इलामबाट जिउ मास्ने बेच्ने मुद्दामा वि.सं. २०६५ माघ १३ गते भएको फैसलाबमोजिम तीन वर्ष आठ महिना चार दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी दावा तामाङलाई १७ वर्षपछि नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्ला प्रहरी कार्यालय नुवाकोट, प्रहरीचौकी समुन्द्रटारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्दै जाँदा गत जेठ ३० गते बिहान निजकै घर दुप्चेश्वर-१, घ्याङफेदी (साबिक घ्याङफेदी गाविस-५) बाट पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रनाउ विक्रम लामाले दिनुभयो । दोषी तामाङलाई कारबाहीका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएकामा अदालतको यही असार २ गतेको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय, खम्पाक्याम्प नुवाकोटमा पठाइएकोसमेत कार्यालयले जनाएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह