विदुर । प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ । नुवाकोट क्रिकेट सङ्घको सहकार्यमा भएको प्रतियोगितामा नगरपालिकाको ११ वडाका ११ टिमले भाग लिएका थिए ।
गत जेठ २९ गते सुरू भएको प्रतियोगिता विदुर नगरपालिकाको आयोजनामा शनिबार पिपलटारस्थित बागमती प्रदेशस्तरीय रंगशालामा सम्पन्न फाइनल खेलमा वडा नं ३ ले वडा नं ४ लाई एक सय पाँच रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं ३ ले निर्धारित ओभरमा सशक्त प्रदर्शन गर्दै एक सय ८९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा ब्याटिङ गर्न उत्र्एिको वडा नं ४ सुरूदेखि नै दबाबमा रहँदै ८३ रनमै समेटिन पुग्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको वडा नं ३ ले नगद रू. ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता वडा नं ४ ले नगद रू.२५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ ।
प्रतिक्रिया