+
Search

ताजा अपडेट +

पपुलर +

खोलाले बगाएर दिदीबहिनीको मृत्यु

खोलाले बगाएर दिदीबहिनीको मृत्यु
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला, नौकुण्ड-५ र कालिका गाउँपालिका-५ को सिमाना अवस्थित घट्टेखोलाका एकै घरका दुई दिदिबहिनीको असार ३ गते पाह (घट्टे) खोलाले बगाएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार मृत भेटिएका नौकुण्ड-५ सिस्नेरीका १३ वर्षकी सरगम मोक्तान र १० वर्षकी सबिना मोक्तान दुवै एकै घरका दिदिबहिनी रहेका हुन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उक्त दुई शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे पठाई परिवारलाई जिम्मा लगाइएको प्रनाउ शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह