+
Search

ताजा अपडेट +

पपुलर +

साबुन र हाब्रे हस्तकला तालिम

साबुन र हाब्रे हस्तकला तालिम
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला, आमाछोदिङ्मो–५, चिलिमेमा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत जेठ ३१ देखि असार ७ गतेसम्म साबुन बनाउने र रातो हाब्रेअङ्कित हस्तकला तालिम दिइएको छ ।

आमाछोदिङ्मो गाउँपालिका र लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस)को आयोजनामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हाब्रेअङ्कित हस्तकलाले रसुवामा पान्डा छ है भन्ने सन्देश दिने र आयआर्जनमा पनि बढावा दिने तथा साबुन बनाउने तालिमपश्चात् सरसफाइमा उचित ध्यान पुग्ने र आर्थिक उन्नति हुने जनाइएको छ । दुई तालिममा २५–२५ महिला सहभागी रहेको ल्याकोसका अध्यक्ष सन्तोष घलेले जानकारी दिनुभयो । तालिमबाट आफ्नै गाउँठाउँमा बसेर सजिलै तरिकाले आयआर्जन गर्न मिल्ने तालिममा सहभागी छोमो घलेले बताउनुभयो । आफ्नै गाउँघरमा बसेर सिप सिकी आयआर्जन गर्न पाउने मौका मिलेकामा आयोजकलाई अर्की सहभागी सुजिता श्रेष्ठले धन्यवाद दिनुभयो ।

ग्रामीण भेगका महिला चुलोचौको र घाँस दाउरामा मात्रै सीमित नभई आयमूलक तालिम लिएर पैसा कमाउन सक्षम भए राम्रो हुने गाउँपालिका उपप्रमुख चण्डिका तामाङले बताउनुभयो । दिदीबहिनीले तालिम लिएर यसलाई आम्दानीको स्रोत बनाउने प्रशिक्षक जिना घलेले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह