+
Search

ताजा अपडेट +

पपुलर +

भाल्चेमा स्ट्रबेरी खेती परीक्षण हुँदै

भाल्चेमा स्ट्रबेरी खेती परीक्षण हुँदै
त्रिशूली प्रवाह
१ साल अगाडी

किस्पाङ । नेपालमा केही वर्षअघिसम्म स्ट्रबेरी खेती नुवाकोट जिल्ला, ककनी क्षेत्रमा मात्र हुने गरेको थियो । ककनीबाट स्ट्रबेरी अहिले विस्तार हुँदै अन्य जिल्लामा उत्पादन हुन थालेको छ । यस वर्षदेखि किस्पाङ गाउँपालिका– १ भाल्चेमा परीक्षण उत्पादन गरिने तयारी गाउँपालिकाले गरिरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेश सरकार र पालिकाको लागत साझेदारीमा गृहणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत उद्यमशीलता विकास तथा स्ट्रबेरी खेतीसम्बन्धी १५ दिने तालीम गत महिना सम्पन्न भएको छ । गत जेठ १६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नुचेतका २४ जना गृहणी महिलाको सहभागिता रहेको थियो । उद्यमशीलता विकासका आधारभूत सीप, स्थानीयस्तरमा व्यावसायिक रूपमा गर्न सकिने स्ट्रबेरी खेतीको प्राविधिक र व्यवस्थापनसम्बन्धी तालिममा सिकाइएको पालिकाका कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले बताउनुभयो । तालिममा सहभागीलाई स्ट्रबेरी खेती गर्नका लागि जग्गा तयारी गर्न मन्चिङ प्लास्टिक वितरण गरी छिट्टै बिरुवा वितरण गर्ने तयारी भइरहेको गृहणी महिला सशक्तीकरण कार्यक्रमका सम्पर्क व्यक्ति एवम् पालिकाको सूचना प्राविधिक अधिकृत मोतीमाया तामाङले जानकारी दिनुभयो । साझेदारी र सामूहिक उत्पादनको माध्यमबाट गाउँमै स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएकोसमेत उहाँले बताउनुभयो । समापन कार्यक्रममा तालिममा सिकेका सिप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै वडाले आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष पशुपति घलेले गर्नुभएको छ ।

Suzuki New Bike & Scooter

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह