+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ महिना अगाडी

आड र भरोसा गरेका दलको पनि उही पारा हुँदा आजित जनता राजा र राष्ट्रपति उस्तै-उस्तै हो नानु भन्न थालेका छन् । काङ्ग्रेसलाई भन्दा कम्युनिस्टलाई रुचाउने जनमत हुँदाहुँदै पनि कमरेडका असली चरित्र उदाङ्गो भएसि’ जनताले नयाँ-नयाँ पार्टीलाई विकल्पका रूपमा रोजे भने उत्तरी छिमेकीले टाउको नदुखाए हुने भो ! जनताको घरदैलोभन्दा सत्ता प्यारो ठानेका मिसन ८४ का झोलेहरूको अवस्था के होला भन्ने तेस्रो आँखालाई चिन्ता पो लागिराख्या’ छ । सत्तामा आफ्नै बा भएनि’ काङ्ग्रेसको पेलाइ र ठेलाइले सात्तोपुत्लो गएको न्वाँकोटको घामपाटीले जिल्लाको समीक्षा थातथलामा गर्न नसकेर राजाको गाउँतिर गत हप्ता गरेसि’ यहाँको राजनीतिक क्षेत्र अहिलेसम्म मूर्छा परेर हाँसेको हाँस्यै छ गाँठे । भूगोलमा खटिनुपर्ने नेता-कार्जेकर्ताका गाउँमा एउडा बाससमेत नहुनु र अधिकांश जिल्ला नेता परिवारसहित स्थायी घर काठमाडौँमै हुँदा च्यासललाई नै रोजियो त के भो र भन्या ! चुनाउमा उम्मेदवार बन्न र भोट खसाल्न मात्र जिल्ला झर्ने नेताले गर्दा सङ्घ, प्रदेश, स्थानीय तह त खाली भाको’ पिर छँदै छ, पुकदाको पार्टीसँग चुनाउमा मित लगाएर इज्जत जोगाएका वीरबिउ पनि एकाएक भूमिगत भएसि’… ज्यानलाई पर्नु पिर पर्यो… भन्ने गीत नगाएर ‘सक्यो नानी, सक्यो नानी, सक्यो नानी…’ गाउँदै हिँडुन् त बरा !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह