+
Search

ताजा अपडेट +

पपुलर +

हुलाक सेवाको वादविवादमा पञ्चकन्या माविकी देविका प्रथम

हुलाक सेवाको वादविवादमा पञ्चकन्या माविकी देविका प्रथम
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । हुलाक सेवा विभागको आयोजनामा नुवाकोट जिल्लाव्यापी अन्तरसामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयका देविका खड्का प्रथम भएकी छिन् । सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सान्दर्भिकता छ वा छैन भन्ने शीर्षकमा बट्टारमा सोमबार भएको सो प्रतियोगितामा पञ्चकन्या गाउँपालिकाकी खड्का प्रथम भएकी हुन् ।

प्रतियोगितामा दुप्चेश्वर गाउँपालिकाको रुकमणी माविकी नवीना भण्डारी द्वितीय र सूर्यगढी गाउँपालिकाको गणेश माविकी उषा ढकाल तृतीय भएकी छिन् । यस्तै, बेलकोटगढी नगरपालिकाको कामरुदेवी माविकी आयुष्मा विकले सान्त्वना स्थान प्राप्त गरेकी छिन् । विजेताले क्रमशः नगद रु.१५ हजार, रु.१२ हजार पाँच सय, रु.१० हजार र रु. सात हजार पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लास्थित १२ स्थानीय तहको सरकारी विद्यालयको माध्यमिक तहका ३४ जना छात्र र छात्राको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हुलाक सेवा विभागका सहसचिव कोषहरि निरौलाले विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह