+
Search

ताजा अपडेट +

पपुलर +

पुस्तकालय, कम्प्युटर ल्याब र कक्षाकोठा भवन उद्घाटन

पुस्तकालय, कम्प्युटर ल्याब र कक्षाकोठा भवन उद्घाटन
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । जिल्लाकै पहिलो सामुदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय, कम्प्युटर ल्याब तथा कक्षाकोठा भवनको उद्घाटन शनिबार र आइतबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेशका प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले शनिबार क्याम्पसपरिसरमा निर्माण भएको पुस्तकालय तथा कम्प्युटर ल्याब भवनको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य महतले शिक्षालाई व्यावसायिक बनाउनुपर्ने र विदेश पलायनलाई रोक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । कुल लागत रु.५० लाख ४३ हजार आठ सय ३१ पैसा १३ निर्माण भएको भवन वि.सं. २०७३ मा निर्माण सुरु भएको थियो । सो भवनको निर्माण पूरा गर्न आव २०७३/०७४ मा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीबाट रु.पाँच लाख, प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाबाट रु. चार लाख ७४ हजार २१, बागमती प्रदेश सामाजिक विकास कार्यलय गजुरीबाट रु.१३ लाख ४७ हजार दुई सय ७१, तारकेश्वर गाउँपालिकाबाट रु.५० हजार, विदुर नगरपालिकाबाट रु. चार लाख २५ हजार पाँच सय २०, बागमती प्रदेश सरकारबाट प्रदेश सभा सदस्य रमेशकुमार महतबाट रु. नौ लाख ६० हजार र आन्तरिक स्रोतबाट रु.१२ लाख ८७ हजार १९ पैसा १३ खर्च भई भुइँतलाको काम सम्पन्न भएको थियो ।

Suzuki New Bike & Scooter

क्याम्पसको परिसरमा निर्माण सम्पन्न भएको १२ कोठे कक्षाकोठा भवनको आइतबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘नगरवासीको मात्र नभई जिल्लावासीको उच्च शिक्षाको थलो नुवाकोट आदर्श बहुमुखी क्याम्पस भएकाले यसको गुणस्तर कायम राख्दै युवाउन्मुख र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ ।’ सो कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटीले क्याम्पसलाई उच्च शिक्षाको थलोको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । क्याम्पस प्रमुख नारायणमान डङ्गोलले क्याम्पसको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा गणेश निर्माण सेवा, भैरवी कन्स्ट्रक्सन, ई. उत्तमकुमार शाह, ई. सुरज लामालाई सम्मान गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरबाट आव २०८०/०८१ मा रु. एक करोड तथा आव २०८१/०८२ मा रु. एक करोड गरी रु. दुई करोडको स्वीकृत कार्यक्रममा पहिलो निर्माण कार्यको कुल लागत अनुमान रु.एक करोड ३३ लाख ९१ हजार दुई सय १० मात्रमा इबिडिङमार्फत गणेश निर्माण सेवा विदुर-४ नुवाकोट छनोट भई सो कार्य रु. ९४ लाख २४ हजार चार सय ४३ मा पहिलो तला तथा नाली र पेटी निर्माण गरी थप रु.६ लाख ३५ हजार ६ सय ८० गरी कुल रु. एक करोड ६० हजार एक सय २४ को लागतमा पहिलो तला सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आव २०८१/०८२ मा विश्वविद्यालय अनुदान आयोगबाट स्वीकृत भएको रु. एक करोडको दोस्रो र तेस्रो तलाको कार्यक्रममा रु.एक करोड ३६ लाख ९२ हजार ८८ लागत अनुमान रहेको परियोजनाको इबिडिङमार्फत भैरवी कन्स्ट्रक्सनले रु.९० लाख ९१ हजार ६ सय ९७ मा सझौता गरी कार्य भएको र उक्त डिजाइन इस्टिमेटमा रेलिङ तथा बरण्न्डाको कार्य स्रोतको सीमितता कारण छुट हुन गएकोले विदुर नगरपालिकाले सो कार्य सम्पन्न गर्न रु.तीन लाख विनियोजन गरी कार्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह