+
Search

ताजा अपडेट +

पपुलर +

लागु तथा मनोद्दीपक औषधि सचेतनामूलक प्रशिक्षण

लागु तथा मनोद्दीपक औषधि सचेतनामूलक प्रशिक्षण
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाल औषधि व्यवसायी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा नुवाकोट जिल्ला, विदुर-२ स्थित भैरवी माविका विद्यार्थी र शिक्षकलाई लागु तथा मनोद्दीपक औषधिसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम असार ६ गते सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विद्यालयमा कक्षा आठ, नौ र १० का विद्यार्थी एवम् शिक्षकका लागि लागु तथा मनोद्दीपक औषधिसम्बन्धी प्रशिक्षण नेपाल औषधि व्यवसायी सङ्घ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठ र महासचिव भीम रोक्काले दिनुभएको थियो । सो प्रशिक्षणमा उपस्थित विदुर-२ का अध्यक्ष दीपक कायस्थले लागु तथा मनोद्दीपक औषधिको प्रयोग गर्ने-गराउनेलाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नुवाकोटका विसं २०६८ मा जिल्ला समन्वय समितिको नाममा गतिविधि गर्दै आएको नेपाल औषधि व्यवसायी सङ्घको विसं २०७६ असोज १० गतेदेखि जिल्ला शाखाले आधिकारिता प्राप्त गरेको हो । भैरवी माविमा रहेको असहाय, गरिब तथा जेहेनदार विद्यार्थीका लागि स्थापना गरेको अक्षयकोषमा जिल्ला सङ्घबाट प्राप्त नगद रु. पाँच हजार, नेपाल औषधि व्यवसायी सङ्घ प्रदेश सदस्य रविदास श्रेष्ठ तथा जिल्ला उपाध्यक्ष प्रेम सापकोटाले प्रअ प्रेमचन्द्र श्रेष्ठ र विव्यसका अध्यक्ष श्याम पाण्डेलाई सो अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह