विदुर । नुवाकोटका ११ पालिका र रसुवाका पाँच पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ बजेट मंगलबार आ-आफ्ना पालिका सभामा प्रस्तुत गरेका छन् । नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकामध्ये विदुर नगरपालिकाले भने आन्तरिक छलफल नसकिएकाले बजेट प्रस्तुत गर्न नसकेको जनाएको छ ।
कानुनतः हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पालिकाका सभामा पेस गर्नुपर्ने प्रावधान छ । सोहीबमोजिम रसुवाका पाँच पालिका र नुवाकोटका ११ पालिकाले प्रक्रिया पूरा गरेर डेडलाइनमा नै बजेट ल्याएका हुन् । रसुवाको सदरमुकाम रहेको गाउँपालिका गोसाइँकुण्डले रु. ४१ करोड ८४ लाख, कालिकाले रु.४८ करोड ५६ लाख ६५ हजार, उत्तरगयाले रु.४४ करोड, नौकुण्ड गाउँपालिकाले रु. ४८ करोड ४२ लाख २३ हजार एक सय ९६ पैसा १० र आमाछोदिङ्मोले रु.३९ करोड ३९ लाख ३९ हजार बजेट गाउँसभामा प्रस्तुत गरेका छन् ।
त्यसैगरी नुवाकोटका गाउँपालिका किस्पाङले रु.४३ करोड ८४ लाख ९७ हजार, लिखुले रु.४९ करोड ३६ लाख ६५ हजार, शिवपुरीले रु.६० करोड ४८ लाख ८६ हजार, तादीले रु.४५ करोड ९५ लाख ३१ हजार, दुप्चेश्वरले रु.६० करोड, म्यागङले रु.४४ करोड ४६ लाख ११ हजार, पञ्चकन्याले रु.४३ करोड ७३ लाख ६७ हजार, ककनीले रु.६७ करोड, तारकेश्वरले रु.४० करोड २२ लाख ५७ हजार र सूर्यगढीले रु.४४ करोड तथा बेलकोटगढी नगरपालिकाले रु.९७ करोड ६३ लाख १५ हजार दुई सय ९८ बजेट सार्वजनिक गरेका छन् । पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित रहेर आगामी आवको बजेट प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया