कालिकास्थान । कालिका-१ ग्राङस्थित गुम्बाको भर्याङको पर्खाल भत्कँदा स्थानीय एक महिलाको मृत्युु भएको छ । सो घटनामा अर्का एकजना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएकी करिब ४३ वर्षीया तामाङलाई जिल्ला अस्पताल ल्याइएको र अर्की ४० वर्षकी छोपेमा तामाङ सामान्य घाइते भएकाले जिबजिबे अस्पताल पठाइएको थियो । गम्भीर घाइते भएकी तामाङको अस्पताल ल्याइँदै गर्दा बाटामा नै मृत्यु भइसकेकाले अस्पतालमा पुगेपछि जेकजाँच गरी मृत घोषणा गरिएको रसुवा अस्पतालका मेडिकल अधिकृत सिजन कार्की र एमडिजिपीका डा. सुनीलकुमार दासले जानकारी दिनुभयो ।
प्रतिक्रिया