+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा वृक्षरोपण महाभियान सुरूआत

एक लाख बिरूवा रोपिने

नुवाकोटमा वृक्षरोपण महाभियान सुरूआत
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । सरकारले नेपालमा वृक्षरोपणको २० वर्से महाअभियान शनिबारदेखि सुरू गरेको छ । ‘सगरमाथा वृक्षरोपण महाअभियान नाममा सन् २०२५ देखि २०४५ सम्म २० वर्से महाअभियान’ सञ्चालन हुनेछ । अन्तराष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबारदेखि भएको यो अभियान नुवाकोटमा पनि सुरू भएको छ ।

डिभिजन वन कार्यालय नुवाकोटले सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरेर अभियान सुरूको दिन चार स्थानमा वृक्षरोपण गरेको छ । कार्यालय प्रमुख रोसना पोखरेलले अभियान सफल पार्न यस वर्ष एक लाख फलफुल, मसला र वनजन्य प्रजातिको विरूवा निःशुल्क वितरण गनेृ लक्ष्य रहेको बताउनुभयो । कार्यालयको नर्सरीमा उत्पादन भएको र बाहिरबाट खरीद गरेर ल्याएको मसला, जडिबुटी र वनजन्य विरूवा सामुदायिक वन उपभोक्ता र व्यक्तिको मागअनुसार निःशुल्क वितरण गरिने समेत जानकारी दिनुभयो । कार्यालयले जेठ अन्तिमदेखि नै विरूवा वितरण सुरू गरेको थियो । उपभोक्ता समूहले खोटो सङ्कलन र वन पैदावारबाट सङ्कलन भएको आम्दानीको २५ प्रतिशत रकम वन विकास र विस्तारमा खर्च गर्नुपर्ने प्रावधान रहेकोले कार्यान्वयनमा लाग्न उपभोक्ता समूहलाई आग्रह समेत कार्यालय प्रमुख पोखरेलले गर्नुभएको छ । जिल्लाका वन उपभोक्ता समूहले वनबाट भएको आम्दानीबाट फलफुल, केही जडिबुटी र मसलाजन्य विरूवा खरीद गरी व्यक्तिलाई वितरण गर्ने, आगोलागी नियन्त्रण गर्न अग्नीरेखा बनाउने, आगलागी नियन्त्रणमा आवश्यक यन्त्र, उपकरण खरीदमा लगानी गरेको समेत कार्यालयले जानकारी दिएको छ ।

अभियानको सुरूवात विदुर-४, सिमचौरस्थित गणतन्त्र स्मारक पार्कमा वडाध्यक्ष निलमबाबु ढुंगेल, डिभिजन प्रमुख पोखरेलसहित सहभागी भई विभिन्न जातका विरूवा रोपण गरिएको थियो । सोही दिन विदुर-३ स्थित जोगीडाँडा सामुदायिक वन उपभोक्ता समूह, विदुर-८ पञ्चकन्या मन्दिर परिसरमा रहेको धार्मिक वन र विदुर-२ सेरास्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहमा वडाध्यक्ष दिपक कायस्थसहित जनप्रतिनिधि र उपभोक्ता समूहका सदस्य सहभागी भई वृक्षरोपण गरिएको कार्यालयले जानकारी दिएको छ । सरकारले यो अभियानको अवधिमा हरेक वर्ष तीन करोडको दरले २० वर्षसम्म विरूवा रोपिने लक्ष्य बनाएको छ । सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न महत्त्वपूर्ण कडीको रूपमा यो महाअभियानलाई लिइएको छ । वृक्षारोपण महाअभियान अन्र्तगत रैथाने प्रजातिका जडिबुटीकासाथै फलफुल वनलाई प्राथमिकता दिइने छ । जसलाई भविष्यमा आम नागरिकले उपभोग र आम्दानीको स्रोतको रूपमा प्रयोग गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह