+
Search

ताजा अपडेट +

पपुलर +

जन्मदेखि मृत्युसम्म हाम्रो सहकारीको साथ

जन्मदेखि मृत्युसम्म हाम्रो सहकारीको साथ
त्रिशूली प्रवाह
१ महिना अगाडी

तुप्चे । नुवाकोट जिल्लाको विदुर-७ तुप्चे सोलेबजारमा रहेको हाम्रो सहकारी संस्थाले सेयर सदस्यलाई जन्मदेखि मृत्युसम्म साथ र सहयोग दिंदै आएको छ । सहकारीको साथ र सहयोगले सेयर सदस्य लाभान्वित बनेका छन् भने यो कार्य अन्य सहकारीको लागि अनुकरणीय रहेको छ ।

सहकारीले सेयर सदस्य बिरामी भई अस्पताल भर्ना हुँदा दिनको रू.एक सय ५० र रू.एक लाख भन्दा बढीको उपचार खर्चमा पाँच प्रतिशत दिने गरेको छ । सहकारीका ब्यवस्थापक प्रदिप अधिकारीले दिएको जानकारीअनुसार सेयर सदस्य अस्पताल जाँदा एम्बुलेन्स खर्चको १५ प्रतिशत ब्यहोर्ने गरेको छ । सेयर सदस्य सुत्केरी हुँदा रू.दश हजार, बच्चाको नाममा रू.दुई सय बाल बचत खाता खोली जम्मा गरीदिने र मृत्यु भएका सेयर सदस्यलाई साहादत खर्च परिवालाई रू.दश हजार एवं सेयर सदस्य किरिया बस्नुपरेमा रू.पाँच हजार किरिया खर्च दिइने गरेको छ । सहकारीबाट कर्जा लिएर पशुपालन गर्ने कृषकलाई पशु बिमाको लागि ५० प्रतिशत बिमा शुल्क ब्यहोर्दै आइरहेको छ । सेयर सदस्यका छोराछोरीबाट प्रत्येक वर्ष एसइई, प्लस टु, स्नातक, स्नाकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने एक/एक जनालाई छात्रवृत्ति दिइरहेको छ । सहकारी संस्थाबाट गठन भएका दिदिबहिनी समूहलाई कार्यक्रम र तीज खर्च सदस्य सङ्ख्या हेरी दिंदै आइरहेको ब्यवस्थापक अधिकारीले बताउनुभयो । राष्ट्रिय सहकारी दिवसको अवसरमा हरेक वर्ष बाल बचत खाता खोलेका सबै बालबालिकालाई स्टेशनरी सामान दिंदै आइरहेको समेत उहाँले जानकारी दिनुभयो । सहकारीले सदस्यले उत्पादन गरेको खाद्यान्न तरकारी तथा पशु चौपाया बिक्रीको लागि सहयोग गर्दै आइरहेको र सहकारीको सवारी साधनबाट बजार लैजाँदा र ल्याउँदा सुलभ शुल्कमा उपलब्ध गराउने गरेको छ भने सेयर सदस्यको मागअनुसार कर्जा तालीम, परामर्श र भ्रमण कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह