+
Search

ताजा अपडेट +

पपुलर +

डढेलाले क्षतिग्रस्त दुई हेक्टर वनमा ३५ सय वृक्षरोपण

डढेलाले क्षतिग्रस्त दुई हेक्टर वनमा ३५ सय वृक्षरोपण
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-३ गत्लाङ छेरसुङ ठाउँमा ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा डिभिजन वन कार्यालयले वृक्षरोपण गरेको छ । असार १४ गते १६ वर्ष अगाडि विसं २०६५ सालमा भिषण आगलागी भएर जङ्गल सखाप भएको खाली दुई हेक्टर जमिनमा ३५ सय विरूवा रोपण गरिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

Suzuki New Bike & Scooter

राष्ट्रिय वृक्षरोपण दिवस विसं २०८२ तथा सगरमाथा वृक्षरोपण महाअभियानको अवसरमा आयोजित डढेलोले क्षतिग्रस्त वनमा वृक्षरोपण गरी हरियाली वातावरण बनाउन लागिएको वन अधिकृत तामाङले बताउनुभयो । विरूवा रोपण कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे, आमाछोदिङ्मो गाउँपालिकाका उपप्रमुख चण्डीका तामाङ, आमाछोदिङ्मो-३ का अध्यक्ष सुरेन्द्र तामाङ, ज्यार्सा र्गाेठेन सामुदायिक वन उपभोक्ता समितिका सचिव पासाङ दोर्जे तामाङ, ग्रामीण विकास संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, सामुदायिक वन उपभोक्ता समिति रसुवाका अध्यक्ष हेमनाथ खतिवडालगायत स्थानीयबासीको उपस्थितिमा वृक्षरोपण सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह