धुन्चे । सरकारले कर्णाली प्रदेशका हिमाली जिल्लाका लागि अति आवश्यक चामल सस्तो दरमा आपूर्ति गर्न रसुवागढी नाकाबाट चीनको केरूङहुँदै तिब्बती भू-भागबाट हुम्लासम्म लैजान सुरू भएको छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नेपाल खाद्य संस्थानले काठमाडौँबाट पठाएको पाँच हजार पाँच सय क्विन्टल चामल अहिले रसुवागढी नाका आइपुगेको र भन्सार प्रक्रिया समेत पूरा गरेर चामल केरूङतर्फ पठाइएको छ । लामा सुजना जेबिका सदस्य सुरेश थोक्रा भन्नुहुन्छ, ‘‘यो नाका प्रयोग गर्दा चामलको ढुवानी सस्तो पर्ने भएकाले गत वर्षदेखि यो मार्ग प्रयोग गरिएको हो ।’’ चामल ढुवानी नेपाली कन्टेनरले केरूङसम्म पु¥याई दिएपछि चीनतर्फका सवारी साधनले तिब्बती भू-भागहुँदै हुम्लाको हिल्सा नाकासम्म पु¥याउने छ । त्यहाँबाट खच्चड र ट्याक्टरको माध्यमबाट सिमीकोट र नाम्खा गाउँपालिकास्थित यालबाङ वितरण केन्द्रसम्म पुर्याउने व्यवस्था खाद्य संस्थानले गरेको छ । कर्णाली प्रदेशको अति दुर्गम जिल्ला हुम्लाका बासिन्दालाई सरकारले अनुदानमा खाद्य आपूर्ति गर्दै आइरहेको छ । भन्सार कार्यालयका अनुसार हालसम्म पाँच हजार पाँच सय क्विन्टल चामलको भन्सार प्रक्रिया सम्पन्न भई तिब्बततर्फ पठाइसकेको छ ।
प्रतिक्रिया