+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरविद्यालय खुला वक्तृत्वकला प्रतियोगितामा आङमाया प्रथम

अन्तरविद्यालय खुला वक्तृत्वकला प्रतियोगितामा आङमाया प्रथम
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२५) को अवसरमा असार १२ गते लागुऔषध दुव्र्यसनीले परिवार, समाज र राष्ट्रमा पार्ने नकारात्मक असर विषयक अन्तरविद्यालय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सो प्रतियोगितामा रसुवा माध्यमिक विद्यालय धुन्चेकी छात्रा आङमाया तामाङ प्रथम, हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयका छात्र शुलभ मगर द्वितीय र रसुवा मावि धुन्चेका छात्र सुबिन तामाङ तृतीय भएका छन् । स्वास्थ्य, सभ्य सुरक्षित समाजको प्रतिबद्वता : लागुऔषध दुरुपयोगविरुद्ध ऐक्यबद्धतासहित लागुऔषध नियन्त्रणसम्बन्धी जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति रसुवाको आयोजनामा सो कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह