+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासङ्घको डाइरेक्टरमा विदुरका कोइराला निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासङ्घको डाइरेक्टरमा विदुरका कोइराला निर्विरोध निर्वाचित
त्रिशूली प्रवाह
२९ मिनेट अगाडी

काठमाडौँ । अन्तर्राष्ट्रिय लोकसंस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासङ्घको हालै दक्षिण कोरियाको चेओनन सहरमा सम्पन्न कार्यकारी समितिको बैठक तथा अधिवेशनबाट विदुर–१२ का आरसी कोइराला ‘रामचन्द्र’ पुनः बोर्ड अफ डाइरेक्टरमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विश्वका एक सय १२ राष्ट्रका एक सय ४२ जना प्रतिनिधि तथा पदाधिकारीको सहभागिता रहेको सो महाधिवेशन तथा अधिवेशनमा भएको निर्वाचनबाट कोइराला चारवर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा विगत २६ वर्षदेखि नेपालमा निरन्तर हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाका अध्यक्षसमेत रहनुभएका कोइरालाले यसअघि पनि अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासङ्घको बोर्ड अफ डाइरेक्टर तथा एसियाली महाद्वीपका लागि उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले नेपाली कला, संस्कृति, परम्परा र लोकनृत्यलाई विश्वसामु चिनाउन ८५ भन्दा बढी देशमा नेपालको सांस्कृतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अतुलनीय योगदान पु¥याउनुभएको छ । विश्वमञ्चमा नेपालको नाम पुनः उच्च राख्न सफल हुनुभएकोमा संस्कृतिविद्, कलाकार तथा विभिन्न सङ्घ-संस्थाले उहाँलाई बधाई दिएका छन् । कोइरालाको यस कार्यकालमा पनि नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न अझ ठुलो हौसला र प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह