+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४४ मिनेट अगाडी

काङ्ग्रेसको १५औँ महाधिवेशन एउटा समूहले नसक्दै अर्को समूहले सुरु गरेको छ । कांग्रेस दुई समूहमा विभाजित भएर महाधिवेशन सुरु भएपछि कार्यकर्ताभन्दा नेता चाइन्जो बढी त हुने नै भयो । महाधिवेशन प्रतिनिधि छनोटमा न्वाँकोटको १ नम्बर क्षेत्रमा अपराधी गतिविधिमा संलग्न धन भएको डनलाई जिताउनु केसी र महतले मरिहत्ते गरेपछि पुराना कार्जेकर्ताको चाइन्जो बिचल्ली र खैलाबैला नहुने कुरै भएन । त्यस्तै, क्षेत्र नम्बर २ मा अझ रोचक त के भयो भने जातीयताका आधारमा एकता हुँदा केसी दाजुभाइलाई हार्ने अवस्था आएपछि मतगणना गर्दागर्दै भोट थपघट नगरेको भए सभापति थापाले दसैँको टीको थाप्न नपाउने चाइन्जो अवस्था पो थियो त । न्वाँकोटमा थर तामाङ हुँदैमा सबै बहादुर र केसी थर हुँदैमा सबै केसी कहाँ हुन्छन् र भन्ने भाष्य चाइन्जो यसपटक अधिवेशनमा स्थापित बन्यो त । काङ्ग्रेसको राजनीतिमा टिक्ने हो भने केसी थर हुने सबैले चाइन्जो जनजातिमा समावेश नगर्ने हो भने चाइन्जो अब न्वाँकोटमा खैरात हुँदैन कि क्या हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

भोटेकोशी–त्रिशूली बाढीबाट आतङ्कित र त्रसित विदुरवासीका लागि नगरले बनाउने बेलिब्रिज सपनाको फलजस्तो हुने भएपछि चाइन्जो सामाजिक सञ्जालतिर मेयर सा’व को प्रशंसा हुनै छोड्यो त । ब्रिजको जग तयार नहुँदै करोडौँ रुपैयाँ सङ्घ, प्रदेश र स्थानीय सरकारको स्वाँहा भए पनि जिल्लामा डिजेल र भात खपत भने मनग्गे भएपछि चाइन्जो कोहीकोहीको त भुइँमा खुट्टा नै छैन बा । तीन हप्तामा पनि बेलिब्रिजको फाउन्डेसन तयार नभएपछि बेलिब्रिज कहिले बन्ने, कतिमा बन्ने लेखाजोखा गर्दागर्दै अर्को बर्खा लाग्ने हो कि भन्ने चिन्ता त्रिशूलीवासीलाई भए पनि चाइन्जो स्थानीय निर्वाचन त बर्खाअगाडि नै आउला नि ? सरकारको नेतृत्व गरिरहेको रास्वपा भने घन्टी बजाउँदै राहत तथा उद्धार कार्यमा भन्दा स्थानीय निर्वाचनको तयारीमा लागेपछि चाइन्जो काङ्ग्रेस, कम्युनिस्ट सरकारको विरोधमै नरमाएर बिचरा के गरून् त ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह