वेत्रावती । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा मंगलबार रसुवामा आयोजित विशेष पूजा घेवामा सहभागी हुनुभयो ।


नुवाकोटको वेत्रावतीस्थित उत्तरगयाधाममा बौद्ध परम्पराअनुसार लामाले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बाढी गएको ४९औँ दिनको अवसरमा मृतकको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो । बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसिएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट आउनुभएका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न वेत्रावती पुग्नुभएको थियो ।






प्रतिक्रिया