धुन्चे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (नेराशिस) को काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट रसुवा जिल्लाको प्रतिनिधित्व गर्दै सङ्गठनको इतिहासमा पहिलोपटक आङमाया शेर्पा (ह्याल्मो) राष्ट्रिय समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
सङ्गठन रसुवाको संस्थापक सचिव एवम् जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेका अनुसार विसं २०३६ मा स्थापना भएको सङ्गठनको इतिहासमा शेर्पा राष्ट्रियस्तरमै पहिलोपटक समितिको सदस्य निर्वाचित हुनुभएको हो । शेर्पालाई देशभरको कुल चार सय ८२ जना प्रतिनिधिले मतदान गर्दा शेर्पाले तीन सय ४७ मत प्राप्त गरी सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि लामो समयसम्म सङ्गठनको सदस्यलगायत जिल्ला समितिको उपाध्यक्ष र निवर्तमान अध्यक्षसमेत रहनुभएकी शेर्पा रसुवा माध्यमिक विद्यालय धुन्चेमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया