बट्टार । नुवाकोट जिल्ला, विदुर-४, बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नियुक्ति गरेका कर्मचारीका लागि तीनदिने पूर्वसेवाकालीन तालिम मंगलबार सम्पन्न भएको छ । संस्थाले लिखित परीक्षा तथा अन्तर्वार्ताबाट विभिन्न प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त कनिष्ठ सहायक ३६ जना कर्मचारीलाई तीनदिने पूर्वसेवाकालीन तालिम काठमाडौँमा सम्पन्न भएको हो ।
कर्मचारीलाई संस्थासम्बन्धी काम, नीति, नियमबारे जनकारी गराउने उद्देश्यले दिइएको संस्थाले जनाएको छ । समापन समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस तालिमले लघुवित्तको कामप्रतिको ज्ञान बढाउनुका साथै काम गर्ने दौरानमा कामप्रति सकारात्मकता र सेवाभाव झल्कनुपर्ने बताउनुभयो । त्यस्तै, जनताको असल सेवक बनेर बजारमा खरो रूपमा उत्रनुपर्नेसमेत उहाँले बताउनुभयो । कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ प्रबन्धक राजुप्रसाद पुडासैनी, जनशक्ति तथा प्रशासन विभागका प्रमुख शेरबहादुर गुरुङ, रामकुमार सुवेदी तथा केन्द्रीय कार्यालय कर्मचारीको सहभागिता रहेको थियो । तालिम संस्थाका तालिम विभागका प्रमुख उमेशमान डङ्गोलले सहजीकरण गर्नुभएको थियो । संस्थाले देशभर एक सय ४९ शाखा कार्यालय, २४ अनुगमन कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया