+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढीबाट हुम्ला चामल ढुवानी

रसुवागढीबाट हुम्ला चामल ढुवानी
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवागढी नाकाबाट चीनको केरुङ हुँदै तिब्बती भू-भागबाट हुम्लासम्म चामल लैजान सुरु भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार नेपाल खाद्य संस्थानले काठमाडौँबाट पठाएको पाँच हजार पाँच सय क्विन्टल चामल अहिले रसुवागढी नाका आइपुगेको र भन्सार प्रक्रियासमेत पूरा गरेर चामल केरुङतर्फ पठाइएको छ । लामा सुजना जेबिका सदस्य सुरेश थोक्रा भन्नुहुन्छ, ‘यो नाका प्रयोग गर्दा चामलको ढुवानी सस्तो पर्ने भएकाले गत वर्षदेखि यो मार्ग प्रयोग गरिएको हो ।’ चामल ढुवानी नेपाली कन्टेनरले केरुङसम्म पुर्याइदिएपछि चीनतर्फका सवारीसाधनले तिब्बती भू-भागहुँदै हुम्लाको हिल्सा नाकासम्म पुर्याउने छ । त्यहाँबाट खच्चड र ट्याक्टरको माध्यमबाट सिमीकोट र नाम्खा गाउँपालिकास्थित यालबाङ वितरण केन्द्रसम्म पुर्याउने व्यवस्था खाद्य संस्थानले गरेको छ । कर्णाली प्रदेशको अति दुर्गम जिल्ला हुम्लाका बासिन्दालाई सरकारले अनुदानमा खाद्य आपूर्ति गर्दै आइरहेको छ ।

Suzuki New Bike & Scooter

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह