+
Search

ताजा अपडेट +

पपुलर +

खोलाले बगाएर बलामीको मृत्यु

खोलाले बगाएर बलामीको मृत्यु
त्रिशूली प्रवाह
१ महिना अगाडी

रानीपौवा । नुवाकोट जिल्ला ककनी गाउँपालिका-१ भसीबुस्थित बिमनचा खोलाले बगाएर गत शुक्रबार ३२ वर्षकी कमला बलामीको मृत्यु भएको छ ।

राति अन्दाजी ३ बजेतिर घरनजिकै रहेको गोठमा अचानक खोला पस्दा गोठसहित सुतिरहेको अवस्थामा कमला र उनको श्रीमान् ३६ वर्षको अशोक बलामीसहित गोठमा रहेको एकवटा राँगा, आठवटा बाख्रा बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । बगेका अशोकलाई फेला पारी उद्धार गरी उपचारका लागि काठमाडौँस्थित पिपुल्स अस्पतालमा पठाइएको, कमला बलामी बेपत्ता रही खोजतलास गर्ने क्रममा शुक्रबार ४ बजेको समयमा बेलकोटगढी नगरपालिका-५ कोल्पुखोलास्थित चतुर्भुजमा मृत अवस्थामा फेला परेको र सनाखत गरी आफन्तलाई लास बुझाई थप अनुसन्धान भइरहेको प्रनाउ बिक्रम लामाले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह