+
Search

ताजा अपडेट +

पपुलर +

इभी माइक्रो र मोटरसाइकल ठोकिँदा सोहनको मृत्यु

इभी माइक्रो र मोटरसाइकल ठोकिँदा सोहनको मृत्यु
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्ला, विदुर-१, ढुंगेस्थित गल्छी-त्रिशूली सडकखण्डमा विदुर-१ श्यामलेश्वर महादेवथान अगाडि बिहान ११ बजेर ४० मिनेटमा मोटरसाइकल र इभी माइक्रो बस एकआपसमा ठोकिँदा सोहन श्रेष्ठको मृत्यु भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अन्दाजी २० वर्षको श्रेष्ठ भनिने रोनिश श्रेष्ठले विदुरबाट त्रिशूलीतर्फ चलाई जाँदै गरेको बा.९३ प.१८४ नम्बरको मोटरसाइकल र विपरीत दिशा त्रिशूलीबाट बट्टारतर्फ नुवाकोट जिल्ला विदुर–९ स्थायी वतन भई हाल कास्की, पोखरा-१७ हिमालीटोल बस्ने करिब ५८ वर्षका यदुकुमार गिरीले चलाई आउँदै गरेको बा.प्र.०६-००१ ज.०१३८ नम्बरको यात्रुबाहक इभी माइक्रो बस एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोहन श्रेष्ठ गम्भिर घाईते भई उद्धार गरी उपचारको लागि त्रिशूली अस्पताल नुवाकोटमा पठाईएकोमा सामान्य उपचारपश्चात् सोही दिन दिउँसो एक बजे थप उपचारको लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पताल काठमाडौँमा पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । थप उपचारको लागि काठमाडौँ पठाइएका सोहनको अस्पतालमा उपचारको क्रममा सोही दिन दिउँसो सवाँ तीन बजे मृत्यु भएको प्र.ना.उ. बिक्रम लामाले बताउनुभयो । सवारी साधनसहित सवारी चालक प्रहरी नियन्त्रणमा रहेको घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह