बट्टार । विदुर नगरपालिका वडा नं २ ले वडाका पाँचसय घरधुरीलाई विद्युतीय चुल्हो ७० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
वडा कार्यालय र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रबिच लागत साझेदारीमा चुल्हो वितरण गरिएको वडाध्यक्ष दिपक कायस्थले बताउनुभयो । चुल्होको मूल्य रू.तीन हजार सात सय ३५ मध्ये वडा कार्यालयमार्फत लाभग्राही उपभोक्ताले ३० प्रतिशत रू.एक हजार एक सय २० जम्मा गराएर उपलब्ध गराइएको हो । नगरपालिकाको विदुर प्रहरीचौकी अगाडिको खाली भवनमा वडा कार्यालय गत महिनाबाट सरेको छ । नगरपालिकाको वडा नं ४ मा पुरानो भवन रहेको स्थानमा नयाँ भवन बनेपछि नगरपालिका गत जेठ १६ गते सरेको र उक्त भवन खाली भएपछि वडा कार्यालय सारेर नियमितरूपमा सेवा प्रवाह सुचारू गरिरहेको वडाध्यक्ष कायस्थले बताउनुभयो । यस भन्दा अगाडि वडा कार्यालय जिल्ला प्रशासन कार्यालय अगाडि भाडाको भवनबाट सेवा प्रदान गरिरहेको थियो ।
प्रतिक्रिया