लायन्स क्लबको सामाजिक काम

लायन्स क्लबको सामाजिक काम
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । लायन वर्षको २०२५/०२६ को सुरुवातका अवसरमा नुवाकोटमा क्रियाशील ६ क्लबले साताव्यापी सामाजिक कार्य गरिरहेका छन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईअन्तर्गत नुवाकोटमा रहेका क्लब यस हप्ता विभिन्न सामाजिक क्रियाकलापमा व्यस्त छन् । लायन्स क्लबले प्रत्येक वर्षको जुलाई महिनालाई वर्ष प्रारम्भको रूपमा मनाउने गरिएको जोन चेयर पर्सन केशव मिश्रले बताउनुभयो ।

सो डिस्ट्रिक्टअन्तर्गत नुवाकोटमा रहेका लायन्स क्लब अफ नुवाकोट इन्द्रायणीसहित लायन्स क्लब अफ नुवाकोट क्यापिटल, नुवाकोट आदर्श, नुवाकोट बाराही, नुवाकोट सम्पदा र नुवाकोट बट्टारको संयुक्त आयोजनामा यही असार १९ गते विदुर-१ सिमुटार, इन्द्रायणी चौरस्थित इन्द्रायणी मन्दिरपरिसर तथा बाटो सरसफाइ गरी लायन्स वर्ष सुरुवातको तेस्रो दिन सम्पन्न गरिएको लायन्स क्लब अफ नुवाकोट इन्द्रायणीका अध्यक्ष सञ्जीव थपलियाले बताउनुभयो । सरसफाइ कार्यक्रममा स्थानीय उद्योग इन्द्रायणी ग्याबियन बक्स प्रा.लि. र अस्थायी प्रहरीचौकी सिमुटारको पनि सहभागिता थियो ।

वर्षको पहिलो दिन विदुर-२ बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राको आकस्मिक रूपमा स्वास्थ्य आराम गर्न तथा प्राथमिक स्वास्थ्योपचारका लागि खाट, डस्ना, सिरानीलगायतका सामग्री हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसैगरी, दोस्रो दिन विदुर नगरपालिका-४ हावाघरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह