विदुर । नुवाकोट जिल्लाका सामुदायिक विद्यालयमध्ये एसइई (माध्यमिक शिक्षा परीक्षा) मा उत्कृष्ट नतिजा ल्याउन सफल पृथ्वी मावि विदुर–४ विदुरले यसै शैक्षिक वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको कक्षा सञ्चालन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेका अनुसार कक्षा ११ सञ्चालनका लागि विदुर नगरपालिकासँग अनुमति लिई सञ्चालनका लागि आवश्यकीय व्यवस्थापकीय कामसमेत पूरा भइसकेको छ । सदरमुकाममा रहेको पृथ्वीले अभिभावक र विद्यार्थीको मागअनुसार विज्ञान विषयको कक्षा सुरु गरेको जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापन गरिसकेकाले साउनदेखि कक्षा सञ्चालनको तयारीमा रहेको पृथ्वी माविमा आवश्यक विद्यार्थी सम्पर्कमा रहेको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । नुवाकोटमा विज्ञान विषयमा कक्षा ११ सञ्चालन गर्ने पहिलो सामुदायिक विद्यालय भएकोसमेत उहाँले दाबी गर्नुभएको छ ।
प्रतिक्रिया