- आयुर्वेद प्राचीन र प्राकृतिक चिकित्सा पद्धति हो, जसले शरीर, मन र आत्माको सन्तुलनमार्फत रोगको मूल कारण हटाएर उपचार गर्छ । जीवनशैली, आहार, योग, ध्यान र पञ्चकर्म विधिबाट साइड इफेक्टविहीन उपचार प्रदान गर्छ ।
- भारतको मेरठमा स्थापित शुद्धिग्रामले वैकल्पिक चिकित्सा (आयुर्वेद, होमियोप्याथी, नेचुरोप्याथी)को सफल प्रयोग गरी १२ अस्पताल र एक सय ५० क्लिनिक स्थापना गरेको छ जसबाट प्रेरित भई शुद्धिग्राम नेपाल स्थापना गरिएको हो ।
- सन् २०२३ नोभेम्बरमा ललितपुर सानेपामा शुद्धिग्राम नेपाल स्थापना भयो जसको उद्देश्य पूर्वीय चिकित्सा विधिबाट गुणस्तरीय सेवा प्रदान गर्दै रोगको समाधान गर्नु, औषधि उत्पादन, तालिम तथा अनुसन्धानमार्फत सेवा विस्तार गर्नु हो ।
- यहाँ आयुर्वेद, पञ्चकर्म, योग, फिजियोथेरापी, सर्केडियन थेरापी, जिरो भोल्ट, डिआइपी डाइट आदि विधिबाट मधुमेह, मुटुरोग, अर्बुदरोग, मानसिक रोगजस्ता समस्याको उपचार गरिन्छ र खानपानलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।
- शुद्धिग्राम नेपालले वैकल्पिक चिकित्सा क्षेत्रमा नयाँ ढाँचा प्रस्तुत गर्दै स्वदेशी तथा विदेशीलाई सेवा दिँदै छ । यसले पुँजी पलायन रोक्न, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न र नेपालको चिकित्सा क्षेत्रमा नवप्रवर्तन ल्याउने लक्ष्य लिएको छ ।
विश्वमा चिकित्सा प्रणाली विभिन्न छन्, जसमा एलोप्याथिक (आधुनिक), आयुर्वेद, होमियोप्याथिक, युनानी र प्राकृतिक चिकित्सा उल्लेखनीय छन् । आधुनिक चिकित्सा प्रणाली सबैभन्दा बढी प्रयोगमा भए पनि वैकल्पिक प्रणालीमा विशेष गरी आयुर्वेदले महत्त्वपूर्ण स्थान ओगटेको छ । नेपाल, भारत, श्रीलंकालगायत दक्षिण एसियाली देशहरूमा आयुर्वेद चिकित्सा प्राचीन र प्रभावकारी चिकित्सा विधिको रूपमा विकास हुँदै आएको छ । आयुर्वेदको मूल उद्देश्य शरीरको दोष-वात, पित्त, कफ-को सन्तुलन कायम गरी रोग निवारण गर्नु र स्वस्थ व्यक्तिको स्वास्थ्य जोगाउनु हो । आयुर्वेदमा जीवनशैली, आहार परिवर्तन, योग, ध्यान, मसाज, पञ्चकर्म, हर्बल उपचारजस्ता विधिहरू प्रयोग गरिन्छ, जसको प्रभावकारी पक्ष भनेको यसको कुनै साइड इफेक्ट नहुनु हो ।
नेपालमा आयुर्वेदको लामो इतिहास भए पनि एलोप्याथिक प्रणालीको तुलनामा यसको विकासमा अपेक्षित सरकारी प्राथमिकता छैन । यद्यपि, हाल ७० प्रतिशत जनसङ्ख्याले प्राथमिक उपचारका लागि आयुर्वेदको प्रयोग गर्दै आएको देखिन्छ । सरकारीस्तरमा नरदेवी, दाङलगायतका अस्पतालहरू तथा तीन सयभन्दा बढी स्थानीय तहमा आयुर्वेद केन्द्रहरू छन् । निजी क्षेत्रबाट पनि डाबर, वैद्यनाथ, गोरखा आदि संस्थाहरूले सेवा दिँदै आएका छन् ।
यसै सन्दर्भमा, भारतको मेरठमा स्थापना भएको शुद्धिग्राम संस्था वैकल्पिक चिकित्सा प्रणालीअन्तर्गत आयुर्वेद, होमियोप्याथी, नेचुरोप्याथी र पञ्चकर्म विधिबाट सफलतापूर्वक सेवा दिँदै आएको छ । यस संस्थाको नेतृत्व डा. विश्वरूप राय चौधरी र आचार्य मनीषले गरेका छन् । हालसम्म यस संस्थाले भारतभर १२ अस्पताल र एक सय ५० क्लिनिक विस्तार गरिसकेको छ । यसकै प्रभावमा नेपालका सुमनविक्रम पाण्डेले भारतको शुद्धिग्रामको फ्रेन्चाइजी लिएर जिनासिखो लाइफ केयर प्रा.लि.मार्फत सन् २०२३ नोभेम्बरमा शुद्धिग्राम नेपाल स्थापना गरेका हुन् ।
शुद्धिग्राम नेपालका उद्देश्य
– पूर्वीय चिकित्सा पद्धतिबाट रोग निदान,
– गुणस्तरीय सेवा प्रवाहका लागि पूर्वाधार र दक्ष जनशक्ति विकास,
– सेवा विस्तार, तालिम, उपकरण आयात तथा बिक्री वितरण,
– नेपाली जडीबुटीको उपयोग, औषधि उत्पादन र निर्यात,
– साझेदारीमा आधारित सेवा सञ्चालन,
– योग, अनुसन्धान, तालिममार्फत जनस्वास्थ्य सुधार,
– अन्य चिकित्सा प्रणालीसँग सहकार्य र
– स्वास्थ्य पर्यटन विकास आदि ।
ललितपुर सानेपास्थित सुरेन्द्र भवनमा अवस्थित शुद्धिग्राम नेपालले हालसम्म भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा व्यवस्थापनमा सुदृढता ल्याइसकेको छ । यहाँ भारतबाट प्रशिक्षित चिकित्सक तथा कर्मचारीहरूद्वारा सेवा दिइन्छ । आयुर्वेद, पञ्चकर्म, योग, फिजियोथेरापी, जिरो भोल्ट, सर्केडियन थेरापी, हट वाटर इमर्सन, शिरोधारा, निमकरेली, डिआइपी डाइट आदि विधिबाट क्यान्सर, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, मोटोपन, मानसिक रोग, स्त्रीरोग, पेट, नशा र मिर्गौला रोगको उपचार गरिन्छ ।
यहाँ औषधिको प्रयोग न्यून हुन्छ, प्रयोग गरिने औषधि पनि जडीबुटी र खनिजबाट निर्मित हुन्छन् जसले साइड इफेक्ट नहुने सुनिश्चित गर्छ । जीवनशैली र आहारमा परिवर्तन ल्याई रोगको स्थायी समाधानमा केन्द्रित रहेको यो विधि आयुर्वेदको आधुनिक र प्रभावकारी मोडेलको रूपमा स्थापित हुँदैछ ।
शुद्धिग्राम नेपालले वैकल्पिक चिकित्सा प्रणालीमा नयाँ आयाम थपेको छ । यसले विदेश जाने नागरिकलाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउँदै पुँजी पलायन रोक्ने र विदेशीलाई समेत आकर्षित गरी स्वास्थ्य पर्यटनको विकास गर्ने सम्भावना बोकेको छ । त्यसैले, यस संस्थाको सफलताका लागि सरकारी समर्थन, नागरिक सहभागिता र सामाजिक सरोकारवालाको सहयोग आवश्यक छ ।
प्रतिक्रिया