+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

बालेन सरकार बिचौलियाको छाला काढ्ने गरी एक्सनमा उत्रेसि सेवाग्राहीको प्रत्यक्ष सरोकार रहने सरकारी कार्जेलय र यातायात विभागमा खैलाबैला नहुने कुरै भएन । न्वाँकोटतिर पनि सरकारको निर्देशन अक्षरशः पालना गर्ने गृहकार्य माल र नापी कार्जेलयबाट सुरु भएसि लेखापढी व्यवसायीको बिचल्ली भएको त्रिनेत्रले दिनदहाडै देख्नुपर्यो गाँठे । ती कार्जेलयका हाकिम साबहरू सही गरेर खाने, समातिनेचाहिँ लेखापढी ? यो पारा त हजम भएन नि भन्दै विदुरका चिया पसल, चौतारीमा गफिने मुख्य विषय अहिले बनिरहेको सा’बहरूका कानाँ पर्यो कि नाइँ । केही व्यवसायी शेरा दरबारको जग्गा व्यक्तिको नाममा ल्याउने कर्मचारीको सूची अदुअआमा र सम्पत्ति सुदृढीकरण आयोगाँ पठाउन कम्मर कसेर लागेसि बहालवाला र पुराना हाकिमदेखि पियनसम्मको निद्रा हराम भाको पनि तिनआँखेले देखिहाल्यो ।

सरकारले सुशासन ल्याउने र भ्रष्टाचार उन्मूलन गर्ने भनिरहेनि जिल्लाका पशु र कृषि कार्जेलयका अनुदान रकम तीन बर्खदेखि रसुवा–नुवाकोटका एउटै फार्मलाई कहिले श्रीमतीको नाममा कहिले श्रीमान्को नाममा लिन्नँ लिन्नँ भन्दा पनि जबर्जस्ती दिलाएर, गर्न खोजेका के हुन् गाँठे ! यतातिर पनि सरकारको खोजीनिती होला नि भन्दै नागरिक प्रतिनिधि कुर्लँदै गरेको दयनीय अवस्था नि देखियो जिल्लातिर बा !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह