+
Search

ताजा अपडेट +

पपुलर +

२५० लाई सिपमूलक तालिम

२५० लाई सिपमूलक तालिम
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको मातहतमा रहेको इलम प्रशिक्षण केन्द्र विदुरमा सञ्चालित विभिन्न विषयका सिपमूलक तालिम शुक्रबार समापन भएको छ । केन्द्रले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त वल्र्ड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्युड प्रा.लि., नवरत्न टेक्निकल ट्रेनिङ इन्स्टिच्युड प्रा.लि., स्रिमेका ह्युमन रिसोर्स एकेडेमी प्रा.लि., युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसन प्रा.लि. र विदुर नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौँडाको आयोजनामा मन्टेसरी ब्युटिसियन, सिलाइ-कटाइ, फेसन डिजाइन, बिल्डिङ इलेक्ट्रिसियन विषयक तीन सय ९० घण्टा कार्य अवधिको सिपमूलक तालिम समापन भएको थियो । सो कार्यक्रममा विदुर नगरपालिका र इलम प्रशिक्षण केन्द्रको साझेदारीमा सञ्चालित तीनमहिने आधारभूत कम्प्युटर तालिमसमेत समापन गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दुई सय ५० जनाभन्दा बढीले उक्त ६ विषयमा तालिम सम्पन्न गरेकोसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले प्रमाणपत्र वितरण गर्दै तालिमले स्वरोजगार बन्न प्रेरित गर्ने बताउनुभयो । व्यक्तिको व्यक्तित्व विकास गराउन र जीविकोपार्जनमा तालिमले सहयोग पुग्ने परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले बताउनुभयो । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, म्यागङ गाउँपालिका उपाध्यक्ष सीता तामाङ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीलगायतले सिपलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह