+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा पूर्णखोपयुक्त जिल्ला घोषित

रसुवा पूर्णखोपयुक्त जिल्ला घोषित
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । १६ देखि २३ महिनासम्म उमेर समूहका एक हजार दुई सय ६७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप १५ महिनाको उमेरभित्र लगाएको प्रमाणित भएपछि जिल्लाले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झाले रसुवालाई गत महिना पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको थियो । रसुवाका पाँचवटै स्थानीय तह पूर्णखोप सुनिश्चितता भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा जिल्लाका पाँचवटै गाउँपालिका तथा खोप सुनिश्चित घोषणामा योगदान पुर्याउने सङ्घ संस्थालाई सम्मान गरिनुकासाथै उत्कृष्ट खोपकर्तालाई प्रशंसापत्र प्रदान गरिएको थियो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्वता भन्ने नारासहित एक औपचारिकता दिई घोषणा गर्दै स्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यले खोपबाट कोही पनि वञ्चित नहोस् भन्दै सम्पूर्ण स्वयम्सेविका, स्वास्थ्यकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । सो कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बुसाङ्वो घले, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अच्युत पौडेल, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निवेश श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङलगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह