+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति विकास बैंकलाई आइएसओ प्रमाणपत्र

ज्योति विकास बैंकलाई आइएसओ प्रमाणपत्र
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

काठमाडौँ । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योतिले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था (INTERCERT) इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । यस उपलब्धिले ज्योतिको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको छ । बैंकले मोबाइल बैंकिङ, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आइटी, मानव संसाधन, डिजिटल बैंकिङ, सामान्य प्रशासन, अपरेसन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उच्चतम र गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले इन्टरसर्टको यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो । यससँगै ज्योतिको सूचना सुरक्षा अन्तर्राष्ट्रियस्तरको रहेको सर्टिफाई भएको छ । साथै, आइएसओ सर्टिफिकेसनले बैंकप्रति ग्राहकवर्ग थप विश्वस्त हुने आधार निर्माण गरेको छ ।

ज्योति विकास बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नीतिलाई गहन परीक्षण गराउँदै उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरूलाई प्राविधिक रूपमा बलियो, समसामयिक र जोखिम न्यून रहेको ठहर गर्दै उक्त सर्टिफिकेसन प्रदान गरेको हो । ज्योतिले प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेसन र नवीनतम प्रविधिमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ । ग्राहकको सुविधाका लागि डिजिटल बैंकिङमा सक्रिय रूपमा नयाँ प्रविधि विस्तार गरिरहेको यस विकास बैंकले सूचना सुरक्षा, साइबर जोखिमविरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक नीति तथा नियामक निकायको व्यवस्था अनुपालनमा कुनै सम्झौता नगरी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु.४० करोड कर तिरेको छ । साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म रु. १५ करोड करस्वरूप बुझाइसकेको छ । ज्योतिले हाल नुवाकोट जिल्लामा आठ शाखासहित देशभर एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह