धुन्चे । रसुवा जिल्ला, नौकुण्ड-१, सिम्बन्दीका स्थानीय युवक थोक्रा जसले गाउँमा नै ५२ वटा चौरी पालेका छन् र गाउँभरीबाट चारसय लिटर दुध सङ्कलन गर्छन् र भन्छन विदेश मेरा लागि यही हो ।
सिम्बन्दी गाउँ भन्दा आठ सय मिटर माथि युवक सिम्बन्दी दुध डेरी फर्म खोलेको ६ वर्ष भयो । उनले सिम्बन्दी दुध डेरी फर्म खोलेका छन् । १२ वटा गोठबाट दुध सङ्कलन गर्छन् । लिटरको एक सयदेखि एक सय २० रूपैयाँसम्म कृषकलाई दिन्छन् । गाउँलेसँग किनेको दुध र आफ्नो गोठको दुध मिसाएर छुर्पी, चिज, नौनी बनाएर बजार पु¥याउने गरेका छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख रूपैयाँसम्म उनले बचाउने गरेका छन् । सामान्य परिवारमा जन्मिएका उनी आफू सरहका साथीहरू विदेश जान्छन् र गएका छन् । कोही बरालिएर हिडेका छन् । कोही सहर पलाएन भएका छन् । तर उनी चाही बाउबाजेले गरेको चौरीपालनलाई निरन्तरता दिएर पैसा कमाउँछु र परिवार सँगसँगै रमाउँछु भनेर यही बसेको बताउँछन् । अहिले उनले ५२ वटा चौरी पालेका छन् । चौरीकासाथै मौसमअनुसार आलु, काउली, बन्दा, गोलभेडा, सागलगायत तरकारी लगाएर पनि एक देखि दुई लाख रूपैयाँ बचत गरिरहेको उनले बताए । गाउँका युवा आजभोली पैसा कमाउने धुनमा र सुख काट्ने आशमा विदेश जान शहर बजारमा भौतारीरहेका छन् । उनी भने गाउँघरको लेक, बेँसीतिर पैसा कमाउन तल्लिन छन् । कृषि र पशुपालनबाट निर्वाह चल्दैन भन्नेहरूका लागि उहाँ प्रेरणाको स्रोत र नमुना कृषक बन्नुभएको छ ।
प्रतिक्रिया