काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य केशवराज पाण्डेलाई पितृशोक परेको छ । एमाले नुवाकोट इन्चार्ज उहाँका पिता पर्शुराम पाण्डेको काठमाडौँ, सामाखुसी, कपुरधारामा रहेको घरमा मंगलबार राति निधन भएको एमाले नुवाकोटले जनाएको छ ।
नुवाकोट जिल्ला, बेलकोटगढी-१३, मदानपुर स्थायी घर भएका पाण्डेले जिल्लाको शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएको थियो । ७८ वर्षको उमेरमा अर्बुदरोग जितेर सक्रिय जीवन बिताउँदै आउनुभएका पाण्डेको ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँको बुधबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको एमाले बागमती प्रदेश कमिटीका सदस्य काशीराज अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । स्वर्गीय पाण्डे एमालेका सङ्गठित सदस्य हुनुहुन्थ्यो । उहाँका बागमती प्रदेशका पूर्वमन्त्री केशवराजसहित दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।
प्रतिक्रिया