+
Search

ताजा अपडेट +

पपुलर +

भौतिक पूर्वाधारमन्त्री दाहालद्वारा रसुवा नाकाको अनुगमन र निर्देशन

भौतिक पूर्वाधारमन्त्री दाहालद्वारा रसुवा नाकाको अनुगमन र निर्देशन
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल मंगलबार चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी पुग्नुभएको छ । उहाँ निर्माणाधीन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना निरीक्षणका क्रममा चीनसँगको नाका रसुवागढीसम्म पुग्नुभएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

गत असार २४ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएर अर्बाैँको क्षति पुर्याएको थियो । उक्त बाढीले चीनसँगको प्रमुख नाका रसुवागढी बन्द छ । बाढीले दुई देशलाई जोड्ने मितेरी पुल नै बगाएको थियो । बाढीले क्षति पुगेको सडक काम चलाउ खालको बनाइएको छ । मन्त्री दाहालले सडक भरपर्दो बनाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ । चीनले यसअघि नै बेलिब्रिज बनाएर नाका खोल्ने बताइसकेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले छिटोभन्दा छिटो सडक निर्माण अगाडि बढाउन तथा नदीबाट हुन सक्ने क्षतिसमेत नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन अनुरोध गर्नुभएको थियो । मन्त्री दाहालले चीनको केरुङमा रोकिएका नेपालीको अवस्थाबारे चासो राख्दा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भन्नुभयो, ‘चिनियाँ पक्षसँग समन्वय गरेर केरुङमा रोकिएका नेपालीलाई नेपाल ल्याउनेतर्फ लागेका छौँ ।’ भ्रमण टोलीमा सहभागी सडक विभागका महानिर्देशक विजय जैसीले नेपाल-चीन जोड्ने मितेरी पुल निर्माण अगाडि बढाउने काम छिटोभन्दा छिटो गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री दाहाललाई जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेलगायतका जनप्रतिनिधि र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य प्रेम तामाङले जिल्लाको वस्तुस्थिति अवगत गराउनुभएको थियो । मन्त्री दाहालले मंगलबार साँझ नुवाकोटमा पत्रकार सम्मेलन गरेर गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाकाा लागि बजेट सुनिश्चित भइसकेकाले निर्माण नरोकिने बताउनुभयो । एमाले नुवाकोटका नेता/कार्यकर्ताले सोही दिन मन्त्री दाहालसँग भेटघाट गरेर जिल्लाको निर्माणाधीन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको सदरमुकाम खण्डको निर्माणमा ढिलाइ भइरहेको जानकारी गराउँदै छहरे–टोखा सुरुङमार्ग निर्माणबारे चासो राखेका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह