+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा लघुरूद्राभिषेक महापूजा

दुप्चेश्वरमा लघुरूद्राभिषेक महापूजा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

समुन्द्रटार । नुवाकोट जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा रहेको दुप्चेश्वर महादेव मन्दिर परिसरमा आइतबार लघुरूद्राभिषेक महापूजा सम्पन्न भएको छ ।

महादेवको पवित्र सावन महिनाको अवसरमा गरिएको महापूजा राष्ट्रिय शान्ति, समृद्धि तथा जनकल्याणको कामना गरिएको थियो । ‘शिवको कृपा, शान्तिको सन्देश’ भन्ने मूल नारासहित गरिएको पूजामा रू.८० हजार पाँच सय ६० भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त दिन भक्तजनले मन्दिरको क्यूआरमा रू.दुई हजार पाँच र आरतीबाट रू.२९ हजार दुई सय ४० र मन्दिरमा चढाइएको भेटी रू.४९ हजार तीन सय १५ संकलन भएको थियो । मन्दिरमा भक्तजनले चढाएको भेटी दैनिक गणना गरी सार्वजनिक गर्ने गरेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह