+
Search

ताजा अपडेट +

पपुलर +

निर्माणाधीन रसुवागढीको सुक्खा बन्दरगाह रसुवा र नुवाकोटको सिमानामा सार्न प्राविधिकको प्रस्ताव

साबिककै स्थानमा नबन्ने

निर्माणाधीन रसुवागढीको सुक्खा बन्दरगाह रसुवा र नुवाकोटको सिमानामा सार्न प्राविधिकको प्रस्ताव
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

धुन्चे । गोसाईँकुण्ड-२ रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने बहश सुरू भएको छ । भौगोलिक अवस्था र समथर सुरक्षित जमिन अभावको कारण सुरूदेखि नै बन्दरगाह रसुवा र नुवाकोटको सिमा क्षेत्र बेत्रावती आसपासमा निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको थियो । प्राविधिकको उक्त प्रस्तावलाई सरोकारवाला निकायले ध्यान नदिँदा करोडौँ रूपैयाँ खर्च भइसकेको निर्माणाधीन बन्दरगाह उक्त क्षेत्रमा बन्न नसक्ने अवस्था आएको छ ।

रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबिच गत हप्ता भएको छलफलमा अहिले निर्माण क्षेत्रमा बन्दरगाह बनाउन उपयुक्त नभएको जानकारी सम्बन्धित निकायलाई गराइएको हो । छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजरले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनोट गर्नुपर्ने सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक गजुरेलले नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरी समितिलाई प्राप्त निर्देशन बमोजिम जानकारी गराउने बताउनुभयो । उक्त स्थानमा सुख्खा बन्दरगाह निर्माण गर्नु भनेको फेरी पनि मानवीय र भौतिक क्षति पर्खनु मात्र हुने बताइएको छ ।

गत असार २४ र साउन १४ मा आएको बाढीले बन्दरगाहमा एक अर्ब रूपैयाँ भन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ । बाढीले सुक्खा बन्दरगाहबाहेक मितेरी पुलसहितका संरचनामा क्षति पु¥याउनुकासाथै १४ जना चिनियाँ र आठ जना नेपालीको मृत्यु भएको थियो । सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाएको पर्खाल चार सय मिटर भत्किएको, दुई सय ५० वटा सवारीसाधन पार्किङका लागि बनाएको ढलान पूर्णरूपमा क्षति भएको, दुई वटा गोदाममा माटो र ढुङ्गा भरिएको, दुई वटा लोडिङ/अनलोडिङ सेड क्षति भएको र ब्याचिङ प्लान्टसमेत गरी कुल एक अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको समितिले जनाएको छ । लगभग ८१ प्रतिशत सम्पन्न निर्माण कार्य भएको उक्त सुक्खा बन्दरगाहमा निर्माण भएका संरचनामा ५५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ । बन्दरगाह परिसरमा निर्माण भएका संरचनामध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको समितिले जनाएको छ । चीन सरकारको रू.दुई अर्ब १६ करोड बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माण भइरहेको थियो ।

एकासी प्रतिशत निर्माण सम्पन्न भइसकेको सुख्खा बन्दरगाहमा गत असार २४ गते आएको बाढिका कारण ५५ प्रतिशत क्षति भएको जनाइएको छ । बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाईएको पर्खाल चारसय मिटर भत्किएको र दुई सय ५० वटा सवारी साधन पार्किङका लागि बनाइएको ढलान पूर्णरूपमा क्षति भएको दुई वटा गोदाममा माटो र ढुङ्गा भरिएको दुई वटा लोडिङ अनलोडिङ गर्ने भवन क्षति भएको र ब्याचिङ प्लान्ट समेत गरी रू.एक अर्बको क्षति भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह