+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड मेला अवधिभर डुङ्गासहित गोताखोर परिचालन गर्न माग

गोसाइँकुण्ड मेला अवधिभर डुङ्गासहित गोताखोर परिचालन गर्न माग
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । यही साउन ११ गते मोरङका दुईजना युवा रसुवाको प्रमुख धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा डुबेर मृत्यु भएको कारण उक्त घटनाबाट पाठ सिकी कुण्डमा डुङ्गासहित मेला अवधिभर गोताखोर परिचालन गर्न नागरिकले माग गरेका छन् । कुण्डमा वर्षको दुईपटक गंगादशहरा र जनैपूर्णिको अवसरमा हप्ता दिन मेला लाग्ने गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको पानी चिसो र त्यसबाट हुने क्षतिबाट जोगिन डुङ्गासहित गोताखोर आवश्यक भएको रसुवाका नागरिकले माग गरेका छन् । नागरिक समाजका अगुवा सम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको कार्यालय रसुवामार्फत सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकलाई आग्रह गरेको छ । तीर्थयात्री तथा स्थानीय जनताको रक्षाका लागि गोताखोर व्यवस्था गरिदिन जिल्लावासीको तर्फबाट सञ्चारमाध्यममार्फत माग गरिएको हो । डुङ्गा र गोताखोर जनैपूर्णिमा मेलालाई लक्षित गरी गोसाइँकुण्ड नुहाउन आउने तीर्थयात्रीको सुरक्षाका निमित्त आवश्यकता औँल्याएर सम्भावित दुर्घटनाबाट हुन सक्ने जनधनको क्षति जोगाउन आकस्मिक उद्धारका लागि व्यवस्था गरिदिन नागरिक समाज रसुवाको तर्फबाट आग्रह गरिएको हो । कुण्डमा यही साउन ११ गतेदेखि २५ गतेसम्म मेला लागेको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा परापूर्वकालदेखि नै चलिआएको धार्मिक पर्यटकीय यात्राको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी तहबाटै आवश्यक नीति तयार गरी जनताको ज्यानको सुरक्षा गर्नुपर्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुभयो । गोसाइँकुण्डमा भक्तजन डुब्ने, बाटोमा पर्ने जङ्गल क्षेत्रमा हराएर यात्रीले दुःख व्यहोर्नुपर्नेजस्ता समस्या समाधानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड क्षेत्र विकास समितिले आवश्यक पहल गर्नुपर्ने माग नागरिक समाजले राखेको छ ।

Suzuki New Bike & Scooter

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह