+
Search

ताजा अपडेट +

पपुलर +

४६० गाउँपालिकामध्ये किस्पाङ पहिलो बहुप्राविधिक शिक्षालय

४६० गाउँपालिकामध्ये किस्पाङ पहिलो बहुप्राविधिक शिक्षालय
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

काहुले । किस्पाङ देशभरिका चार सय ६० गाउँपालिकामध्ये स्वास्थ्यतर्फ बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । नुवाकोटको सो पालिकाले अघिल्लो आव २०८०/०८१ देखि तीन वर्षे कोर्सको सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र डिप्लोमा इन फार्मेसी सञ्चालन गरेको थियो ।

शिक्षालयले प्रथम वर्षमा कुल ८० विद्यार्थीमध्ये हेल्थ असिस्टेन्टमा ४० र फार्मेसीमा ४० भर्ना गरी आठजनालाई छात्रवृत्ति प्रदान गरेको शिक्षालय प्रमुख विनोद न्यौपानेले जानकारी दिनुभयो । शिक्षालयमा प्रथम वर्षमा बागमती प्रदेशका २८, गण्डकीका एक, कर्णालीका १७, मधेशका २८, सुदूरपश्चिमका चारजना विद्यार्थी भर्ना भएका थिए । भर्ना भएका विद्यार्थीमध्ये अछाम, धादिङ, नवलपरासी, कञ्चनपुर, ललितपुर, रसुवा र सल्यानका एक–एक, बझाङ, धनुषा, पर्सा, सप्तरी र सुर्खेतका दुई–दुई, बारा, हुम्ला, महोत्तरी र सिराहाका तीन–तीन, जारकोटका पाँच, कालीकोट र सर्लाहीका ६–६, रौतहटका आठ र नुवाकोटका २५ रहेका थिए ।

दोस्रो वर्षमा कुल १९ विद्यार्थी भर्ना भएकामध्ये बागमतीका १०, कर्णालीका ६, मधेशका तीन रहेका थिए । धनुषा, हुम्ला, कैलाली, महोत्तरी, सुनसरीका एक–एकजना, नुवाकोटका १०, कालीकोटका चारजना विद्यार्थी रहेको शिक्षालयले जानकारी दिएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले आव २०८१/०८२ मा भवन निर्माणका लागि रु. एक करोड विनियोजन गरेको थियो । उक्त बजेटअनुसार गत आवमा निर्माण कार्य सम्पन्न भइसकेको छ । शिक्षालयलाई चालू आव २०८२÷०८३ मा पनि सङ्घीय सरकारबाट रु. तीन करोड बजेट विनियोजन भएको छ । सो बजेटले आफ्नै जग्गामा भवन निर्माण भइरहेको गाउँपालिकाका उपप्रमुख अर्जुन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह