+
Search

ताजा अपडेट +

पपुलर +

गोसाईंकुण्ड पदमार्गमा तीर्थयात्रु ठग्ने २६ होटल र ६४ थर्पु व्यवसायी कारबाहीमा

त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्डमा लागेको मेलामा उपभोक्ता अधिकारविपरीत व्यापार गर्नेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले ठाउँको ठाउँ कारबाही गरेको छ । मेलामा तीर्थयात्रीसँग मोटो रकम असुल्ने, मूल्यसूची नराख्ने, शौचालयको व्यवस्था नगर्नेलगायतका कार्य गरेकालाई कारबाही गरिएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

मेलामा उपभोक्ता ठगी गरेको भन्ने गुनासो आएपछि प्रशासन कार्यालयको टोलीले स्थलगत अनगुमन गरेको थियो । प्रशासनले गोसाईंकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटल र अस्थायी थर्पु व्यवसायीमाथि विशेष अनुगमन गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दु्रव अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रसुवा, सम्पूर्ण सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, कोष तथा लेखा नियन्त्रक कार्यालय रगोसाईंकुण्ड गाउँपालिकाका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधानविपरीत सेवा प्रदान गरेका २६ वटा होटेल तथा थर्पु व्यवसायीमाथि कारबाही गरिएको जानकारी दिनुभयो । होटल तथा व्यवसायीलाई अनधिकृत मूल्य असुली गर्ने, मूल्यसूची टाँस नगर्ने, फोहोर व्यवस्थापनमा लापर्बाही गरेको, शौचालय जस्ता आधारभुत सुविधा अभाव रहेको पाइएकाले रू.तीन लाख ८० हजार जरिवाना तिराइएको हो । कारबाहीमा परेका प्रमुख होटलमा माया होटल, होटल लेकसाइड, होटल रिभर लेकभ्यू, मिनी गोसाईँकुण्ड होटल, होटल मर्निङ भ्यू, टिब्बेट माउन्टेन भ्यू, होटेल याक एन्ड नाक, पिसफुल होटेल, थ्री सिस्टर होटल, लिटिल बुद्धलगायतका रहेका छन् ।

Suzuki New Bike & Scooter

यसैगरी, गोसाइँकुण्ड पदमार्गमा अस्थायी रूपमा मेला अवधिभर सञ्चालनमा रहेका ६४ वटा थर्पुमाथि पनि स्थलगत अनुगमन गरिएको थियो । ती व्यवसायीलाई थर्पु सञ्चालन गर्दा अनिवार्य रूपमा अस्थायी शौचालयको व्यवस्था गर्न, फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्न, मूल्यसूचीमा उल्लेख भएअनुसार मात्रै शुल्क लिन तथा सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न निर्देशन दिइएको छ । प्रशासनले अनुगमनका व्रmममा देखिएका कमजोरी तत्काल सुधार गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह