+
Search

ताजा अपडेट +

पपुलर +

सडकमा उल्टो ट्राफिक सङ्केत

सडकमा उल्टो ट्राफिक सङ्केत
त्रिशूली प्रवाह
५ महिना अगाडी

विदुर । सडक दुर्घटना, रोकथाम र यातायातका साधनको सहज आवागमनका लागि ट्राफिक सङ्केतको भूमिका महत्त्वपूर्ण हुन्छ । सदरमुकाम धादिङबेँसीदेखि त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार जोड्ने सडकमा राखिएका ट्राफिक सङ्केत उल्टो दिशामा देखिने गरेको छ जसका कारण दुर्घटनाको जोखिम बढाएको छ ।

धादिङबेँसीबाट त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार जोड्न निर्माण गरिएको यो सडक कालोपत्रे भएर सञ्चालनमा आएको झन्डै ६ वर्ष पुग्न लाग्यो । ठाउँठाउँमा घुम्ती, उकालो र ओरालो रहेको यो सडकमा दुईतर्फी सवारी सञ्चालन हुन्छन् । झट्ट हेर्दा सडक ठिकठाकजस्तो देखिन्छ । तर, यो सडकमा राख्नुपर्ने ट्राफिक सङ्केत भने सही रूपमा छैनन् । सडक मोडिएको एकातर्फ छ, तर ट्राफिक सङ्केतले उल्टो दिशा देखाइरहेको छ । ट्राफिक सङ्केत सही स्थानमा नभएका कारण यो सडकमा सवारीसाधन चलाउनेलाई असहज भइरहेको छ भने दुर्घटनाको जोखिमसमेत बढेको सवारीचालक लक्ष्मण रिमालले बताउनुभयो । सडक विभागले ट्राफिक सङ्केत सही स्थान र सही रूपमा नराखिदिँदा दैनिक आवागमन गर्ने चालकलाई भन्दा पहिलोपटक यो सडकमा सवारीसाधन चलाउने बढी समस्यामा पर्ने गरेका छन् । सडकमा रहेका ट्राफिक सङ्केत उल्टोपाल्टो, नमिलेको पाइएको र समाधानको पहल भइरहेको स्थानीय जनप्रतिनिधि देवराज धरेलले बताउनुभयो । अर्कातर्फ सडक चिह्न उल्टोेपाल्टो नभएको बरु केही साइनबोर्ड पुरानो भएको सडक डिभिजन नुवाकोटको दाबी छ । यसै आवमा पुराना सडक चिह्न हटाएर  नयाँ राखिने सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह