विदुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नुवाकोट जिल्ला शाखाको अध्यक्षमा धनबहादुर श्रेष्ठ चयन हुनुभएको छ । महासङ्घ बागमती प्रदेश संयोजक सुमन गिरीको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनले श्रेष्ठ अध्यक्ष रहेको सात सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।
अध्यक्ष श्रेष्ठ नुवाकोट र रसुवा जिल्लामा सञ्चालित नमस्ते पासाङल्हामु यातायात प्रा.लि.का उपाध्यक्ष समेत हुनुहुन्छ । कार्यसमितिको सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ र सदस्यमा कुमानमान मलेकु श्रेष्ठ, लक्ष्मण महर्जन, अनुज जोशी र लोकराज न्यौपानेलाई रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले जिल्लामा रहेका व्यवसायी एकताबद्ध भएर अघि बढेको खण्डमा मात्रै यातायात व्यवसायीका समस्या समाधान गर्न सहज हुने बताउनुभयो । उहाँले सरकारले यातायात व्यवसयीका गुनासा बेलाबेला सम्बोधन नगर्दा समस्या आउने गरेको भन्दै यातायात क्षेत्रले मुलुकका लागि गरेको योगदानको स्मरण गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । नुवाकोट जिल्लामा रहेका यातायात व्यवसायीको साझा संस्थाको रूपमा रहेको महासङ्घमा जिल्लामा एकसय भन्दा बढी व्यवसायी आवद्ध रहेका छन् ।
नुवाकोट जिल्लामा नमस्ते पासाङल्हामु यातायात प्रा.लि. टिमुरे यातायात प्रा.लि., त्रिशूली यातायात प्रा.लि. र नेपाल माइक्रो यातायात प्रा.लि.लगायत कम्पनीमा तीन सय भन्दा बढी व्यवसायी रहेका छन् ।






प्रतिक्रिया